कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

कर्णाली पुल मर्मतसम्भार नहुदाँ जीर्ण बन्दै

लम्की : सुदूरपश्चिम प्रदेशलाई मुलुकको अन्य भागसँग जोड्ने एक मात्र कर्णाली पुल निर्माण भएको तीन दशकसम्म पनि सामान्य मर्मतसम्भार हुन सकेको छैन।

बिज्ञापन

२०४४ सालमा निर्माण कार्य सुरु भई २०५० सालमा निर्माण सम्पन्न भएको कर्णाली पुल हालसम्म एक पटकसम्म पनि मर्मत नहुँदा पुलका नटबोल्ट खसेर पुलका केही भाग हल्लिने गरेका छन्। लम्किचुहा नगरपालिका ३ र बर्दिया जिल्ला जोड्ने यो पुल अहिले जिर्ण बन्दै छ |

जापानको कावासाकी हेभी इन्डिसट्रिजले पुल निर्माण गरेको थियो। एउटै जगमा दुईवटा खम्बामा बनाइएको पाँच सय मिटर लामो पुलको दुवैतिर ३० र ३० वटा फलामे लठ्ठाको सहायताले सन्तुलन मिलाइएको छ। पुलको नियमित रूपमा बेलाबेला मर्मत सम्भार गर्नुपर्ने प्राविधिकहरूले बताएका छन्।

बिज्ञापन
No data was found

यस्तो छ पुलको बनावट :

खम्बाको पश्चिमतर्फ ३२५ मिटर र पूर्वतर्फ १७५ मिटर लम्बाइ भएको पुलको सन्तुलन मिलाउन पूर्वतर्फ पुलमुनि झुन्डिएको घर र गोदाम बनाइएको छ। मर्मतसम्भारको जिम्मा पाएको सडक डिभिजन कार्यालय नेपालगञ्जका प्राविधिकहरू बेलाबेलामा आउने गर्दछन |

बिज्ञापन
No data was found

प्राबिधिक खम्बाभित्रबाट माथि गएर भार सन्तुलन हेर्ने, पुलमा प्रयोग भएका फलाममा खिया लागेको अवस्था अवलोकन गर्ने काम मात्र गर्ने गरेको स्थानीय बासिन्दाले गुनासो गरेका छन्। तराजु शैलीमा दुवैतिरको भार सन्तुलन मिलाइएको पुलमा अचेल बिना रोकटोक जति पनि सवारी साधन गुड्न थालेका छन्।

पुल जिर्ण बन्दै जानुको कारण :

सवारी साधनको तौल कति छ भन्ने कुरा ख्याल नगरेरै पुलमा ओहोरदोहोर गर्ने गरेका छन्। पहिले पुलमा एक पटकमा दुईवटा गाडी ओहोरदोहोर गर्न पाउने व्यवस्था थियो तर अहिले गाडीले बोकेको सामानको तौल नजाँची जति पनि सवारी सााधन छाडिने गर्दा पुल कतिबेला के हुने हो भन्ने चिन्ता हुन थालेको छ ।

२०५० सालमा पुल सञ्चालनमा आइसकेपछि भूतपूर्व सैनिकका ३२ जनाको टोलीले पुलको सुरक्षा गर्दै आएका थिए। पुल सञ्चालनका सुरुवाती दिनमा जापानी प्राविधिकले पुलमाथि धेरै गाडी गुडाउन नहुने बताएका थिए। पछिल्ला दिन स्थानीय चाडपर्व तथा जन्मदिनमा पुलमा आउने र तस्बिर लिने, नाच्ने, गाउने लगायतका कार्यले पुलमा सयौँ मानिसको भीड लाग्ने गरेको छ।

पुलको महत्वपूर्ण कुराहरु :

पुल हेर्न भनेर टाढा टाढाबाट पनि मानिसहरू आउने गरेका र विशेषगरी भारतबाट आउने पर्यटकको आकर्षणको केन्द्र बनेको पुलको सुरक्षाभन्दा पनि पुलमा प्रयोग भएका सामान चलाउने, खोतल्ने लगायतका कार्य पनि हुँदै आएको छ। फलाममा खिया लागिसकेको छ। पुलमाथि गाडी रोकेर राख्ने, पुलमाथि नै पसल राख्ने पनि गरिएको छ।

२०६१ सालमा तत्कालीन नेकपा माओवादी र सरकारी सुरक्षा फौजबीच भीडन्त भई गोली हानाहान हुँदा पुलको १४२ ठाउँमा गोली लागेको छ। गोलीले खत लागेको ठाउँमा अहिले खिया लागिरहेको छ। पूर्वपट्टिका लठ्ठा खुकुलो भएपछि हल्लिन थालेको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष लबबहादुर शाहीले बताए।

बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको पर्यटकीय क्षेत्र कर्णाली चिसापानीमा घुम्न आउने पर्यटकलाई सचेतना दिन नसक्दा पुलका सामानहरू निकाल्ने काम पनि भइरहेको उनले बताए।गोरखापत्र दैनिकबाट साभार

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0