कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१८ आश्विन २०८०, बिहीबार

काँग्रेस र एकीकृत समाजवादीबीच झडप : १६ प्रहरीसहित २१ जना घाइते 

Facebook
Twitter
WhatsApp

 बाजुरामा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) का कार्यकर्ताबीच भएको झडपमा २१ जना घाइते भएका छन्। जिल्लाको बुढीनन्दा नगरपालिका ९ स्थित अगाउँपानीमा झडप भएको हाे।

बिज्ञापन

झडपमा १६ प्रहरीसहित २१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको भन्दै काँग्रेसका कार्यकर्ताहरुले ढुगांमुढा गरेपछि झडप भएको थियो।

झडपपछि समाजवादीका कार्यकर्ताहरु प्रहरी चौकीमा पुगेका थिए। उनीहरुलाई प्रहरीले संरक्षण गरेको भन्दै काँग्रेसका कार्यक्रताहरुले प्रहरी चौकी तोडफोड गरेका छन्। चौकी तोड्न थालेपछि प्रहरीले हवाई फायर समेत गरेको बाजुरा प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक बिन्द्र बोगटीले बताए।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0