कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

कांग्रेसका सबै तहमा हुन गैरहेका अधिवेशन स्थगित

Facebook
Twitter
WhatsApp

काठमाडौँ– नेपाली कांग्रेसका सबै तहका अधिवेशन स्थगित भएका छन्।

बिज्ञापन

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानलिकण्ठमा शनिबार बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो।

मंगलबार क्रियाशिल सदस्यता छानविन समितिले प्रतिवेदन बुझाएपछि महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल हुने भएको छ।

बिज्ञापन

मंगलबार वडा तहदेखि अधिवेशन सुरु हुने पूर्व निर्धारित कार्यतालिका भए पनि क्रियाशिल सदस्यता नटुंगिएको र निर्वाचन समितिले पनि काम पूरा नगरेपछि महाधिवेशनको कार्यतालिका हेरफेर हुने भएको हो।

बिज्ञापन

क्रियाशिल सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकका अनुसार अधिवेशन करिब १० दिने सर्ने देखिएको छ। कांग्रेस महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म हुने कार्यतालिका थियो।

निर्धारित कार्यतालिकाअनुसार गाउँ/नगर वडा अधिवेशन यही साउन १२ गते, गाउँ/नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गतेका लागि तोकिएको थियो।

यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते हुने कार्यतालिका थियो।

त्यस्तै प्रदेश अधिवेशन भदौ १ र २ गतेका लागि निर्धारित थियो।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0