कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१८ आश्विन २०८०, बिहीबार

कांग्रेसले टुंग्यायो ६४ जिल्लामा देखिएको क्रियाशील सदस्यता विवाद,

Facebook
Twitter
WhatsApp

नेपाली कांग्रेसले ६४ जिल्लामा देखिएको क्रियाशील सदस्यताको विवाद समाधान गरेको छ।

बिज्ञापन

७५ जिल्लामध्ये ६४ जिल्लाका विभिन्न वडामा देखिएका विवाद समाधान गरिएको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले जानकारी दिएको छ।

यस्तै ५७ जिल्लामा क्रियाशीलको विवाद समाधान गरेर अन्तिम नामसमेत छापिइसकेको समितिका संयोजक रमेश लेखकले जानकारी दिए।

बिज्ञापन

उनकाअनुसार असारभित्रै क्रियाशील सदस्यतामा देखिएका विवाद समाधान गरिनेछ। क्रियाशीलबारे देखा परेका विवाद सहमतिमा नै टुंग्याइने उनले बताए।

बिज्ञापन

यसैबीच शनिबार वरिष्ठ नेता रामचन्द्र पौडेल क्रियाशील सदस्यता छानबिनबारे भइरहेका प्रगति तथा समस्याबारे बुझ्न गौशालास्थित धर्मशाला पुगेका थिए।

नेता लेखकका स्वकीय सचिव जनक भट्टका अनुसार पौडेलले क्रियाशील समितिले अहोरात्र खटेर गरेको कामको प्रशंसा गरेका छन्। समयभित्रै क्रियाशील छानबिन कार्य सकिनेमा पौडेलको विश्वास छ।

समितिमा पाँच हजारभन्दा बढी उजुरी परेको थियो। यसपटक कांग्रेसले क्रियाशील सदस्यता संख्या ९ लाखभन्दा बढी पुर्‍याएको छ।कांग्रेसले साउन १२ देखि वडा अधिवेशन गर्ने भनेको छ।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0