कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

कांग्रेसले पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई आजदेखि प्रशिक्षण दिँदै

Facebook
Twitter
WhatsApp

स्थानीय चुनावमा पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिलाई नेपाली कांग्रेसले आजदेखि प्रशिक्षण दिँदै छ।

बिज्ञापन

सोमबार र मंगलबार दुई दिन जनप्रतिनिधिलाई प्रशिक्षण दिइने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बिहान ११ बजे प्रशिक्षण कार्यक्रम उद्घाटन गर्नेछन् ।

ललितपुरको हेरिटेज गार्डेनमा प्रशिक्षण कार्यक्रम हुन लागेको हो । उपसभापति पूर्णबहादुर खड्का प्रमुख रहेको कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जनप्रतिनिलाई प्रशिक्षण दिन लागेको हो ।

बिज्ञापन

स्थानीय सरकार सञ्चालनलगायत विषयमा प्रशिक्षण केन्द्रित हुनेछ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, गाउँरनगरका प्रमुख तथा उपप्रमुख सहभागी हुनेछन् । कांग्रेसले गत स्थानीय चुनावमा ७५३ पालिकामध्ये ३२९ पालिका प्रमुख जितेको थियो ।

बिज्ञापन

यसअघि अरू दलले पनि आफ्ना पार्टीबाट उम्मेदवार भई निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिएका थिए।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0