नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन्।
बुधबार राति केन्द्रीय कार्यालय सानेपामा सम्पन्न मतगणनामा सभापति शेरबहादुर देउवा समूहबाट खड्का र शेखर कोइराला समूहबाट गुरुङ निर्वाचित भएका हुन्।
खड्काको मतअन्तर दुई सय हाराहारीमा भए पनि गुरुङ भने २ मत अन्तरले जितेका हुन् । गुरुङसँग विजय गच्छदार झिनो मतले पराजित भए। मतगणनाको बीच बीचमा गच्छदारले अग्रता पनि लिएका थिए। अन्तिम परिणाममा भने उनी थोरैले पराजित हुन पुगे ।
चन्द्र भण्डारी, सुजाता कोइराला, महेश आचार्य र दिव्यश्वरी शाह भने पराजित भए।
पूर्णबहादुर खड्का: २१२१ मत पाएर विजयी
धनराज गुरुङ: १९०८ मत प्राप्त गर्दै विजयी
विजयकुमार गच्छदार: १९०६ मत प्राप्त
चन्द्र भण्डारी: १५८०,
सुजाता कोइराला: ६४४,
महेश आचार्य: ५८९
दिव्यश्वरी शाह: १३२ मत प्राप्त गरेका छन् ।
खड्का निवर्तमान महामन्त्री हुन्। गुरुङ केन्द्रीय सदस्य थिए।