कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

काठमाडौं उपत्यकामा १५ दिनसम्म निषेधाज्ञा, पालना नगरे रोडमै यस्तो सजाय

कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आजदेखि १५ दिनसम्म निषेधाज्ञा सुरु हुँदै छ । वैशाख मसान्तसम्म तोकिएको निषेधाज्ञा कडाइका साथ लागू गर्न उपत्यकाभित्र र बाहिरबाट प्रवेश गर्ने नाका तथा गौंडामा नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीलाई बाक्लो रूपमा तैनाथ गरिएको छ ।

बिज्ञापन

सडकमा गुडेका सवारी नियमन र अनुगमन गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले १ सय ७२ ठाउँमा नियमित चेक प्वाइन्ट र ५६ स्थानमा ‘ब्यारिकेड’ सहितको डेडिकेटेड चेक प्वाइन्ट स्थापना गरेको छ । ब्यारिकेट सडकमा बार लगाएर सवारी आवागमन नियमनका लागि गरिएको चेकिङ पद्धति हो ।

ब्यारिकेड भएको स्थानबाट सहजै सवारीसाधन भाग्ने सम्भावना हुँदैन । अनुमतिबिना गुडेका सवारी र पैदल यात्रुलाई सडकमै कैद र जरिवाना गर्न प्रशासनले प्रहरीलाई निर्देशन दिएको छ । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले निषेधाज्ञाको पहिलो दिनका गतिविधि र आदेश पालनाबारे विश्लेषण गरी थप रणनीति बनाइने बताए । ‘कोरोना महामारीविरुद्ध लिइएको निषेधाज्ञासम्बन्धी मन्त्रिपरिषद्का निर्णय र उपत्यकास्थित तीनवटै जिल्ला प्रशासनका आदेश कार्यान्वयनका लागि अत्यावश्यकबाहेकका बजार, आवागमन, यातायात र मानिस ओहोरदोहोरमा यो स्वाभाविक किसिमको बन्देज हो,’ प्रवक्ता दाहालले भने, ‘पहिलो दिन कुन रूपमा आदेश पालना वा उल्लंघन हुन्छ, त्यसकै आधारमा आगामी रणनीति बन्छ ।’

बिज्ञापन

यस्तो छ व्यवस्था

हानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सुशीलसिंह राठौरले निषेधाज्ञामा तीनवटै जिल्ला प्रहरी र रिजर्भ फोर्स गरी करिब ३ हजार ५ सय जति जनशक्ति खटाइएको बताए । राजधानी प्रवेश गर्ने नाकामा प्रहरी र सशस्त्रको संयुक्त चेक प्वाइन्ट स्थापना गरिएको छ ।

बिज्ञापन

उपत्यकाभित्र भने एकअर्काबीच काममा दोहोरोपन नहुने गरी एरिया विभाजन गरी जिम्मेवारी बाँडफाँट गरिएको राठौरले बताए । उनका अनुसार सडकमा चेक प्वाइन्ट, पिकेट, मोबाइल गस्ती, स्ट्राइकिङ, रिजर्भ र सादा पोसाकका सुरक्षाकर्मीलाई फरक–फरक भूमिकामा परिचालन गरिएको छ ।

पैदल र सवारीबाट उपत्यका प्रवेश गर्न थानकोट, फर्पिङ, जगाती, तीनपिप्ले/मुड्खु भन्ज्याङ, जर्सिङ पौवा, कात्तिके, चिसापानी, गुर्जुभन्ज्याङलगायत नाका प्रयोग हुने गरेका छन् । त्यसमध्ये थानकोट, जगाती, फर्पिङ प्रमुख नाका हुन् । निषेधाज्ञा उल्लंघन रोक्न सडक/गल्ली र चोकचोकमा सुरक्षाकर्मी खटिनेछन् । जनपद, ट्राफिक र सशस्त्र प्रहरीले आ–आफ्ना जिम्मेवारी क्षेत्रभित्र जनचेतनामूलक ब्यानर, निषेधाज्ञासम्बन्धी सन्देशलगायत लेखिएका पर्चा सामग्रीसहित सडकमा चेक प्वाइन्ट खडा गरेका छन् ।

निषेधाज्ञाको मौकामा कालोबजारी र मूल्य वृद्धि गरे/नगरेको बुझ्न राष्ट्रिय अनुसन्धान विभागको टोलीलाई पनि फिल्डमा खटाइएको छ । ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले ३ दिनअघिबाटै निषेधाज्ञा घोषणा गरिएको र पूर्वसूचना जानकारी गराउँदा गराउँदै आदेश उल्लंघन गर्नेलाई नरम नीति अपनाउन नसकिने चेतावनी दिए । उनले भने, ‘निषेधाज्ञाबारे कसैले मलाई थाहै भएन भन्छ र जनस्वास्थ्य प्रतिकूल गतिविधि गर्छ भने उसलाई कैद र जरिवाना हुन्छ, नरम नीति अपनाउन सकिँदैन ।’

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0