कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

काभ्रेपलाञ्चोकमा गठबन्धन भत्कने सङ्केत

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लामा गठबन्धन नहुने सङ्केत देखिएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, सङ्घीय समाजवादी र जनमोर्चाबीच स्थानीय निर्वाचनमा गठबन्धन गरेर जाने सहमति भत्किने अवस्थामा पुगेको हो । 

बिज्ञापन

काँग्रेसका जिल्ला सचिव माधव ढकालले रातोपाटीसँग कुरा गर्दै हिजोसम्मको छलफललाई आधार मान्दा काभ्रेपलाञ्चोक जिल्लामा गठबन्धन नहुने सङ्केत देखिएको ढकालले जानकारी दिए ।  उनले भने, ‘केन्द्रीय मापदण्ड अनुसार भए हामी गठबन्धन गर्न तयार छौँ तर, यहाँको भागबण्डाले त्यो सम्भव देखिएन ।’

केन्द्रले तोकेको मापदण्ड र जिल्ला पार्टीले तयार पारेको खाका अनुसार माओवादी केन्द्रलाई २ पालिका र ३३ वडामा नेतृत्व दिन सकिने काँग्रेसको भनाई छ । यता एकीकृत समाजवादीलाई एक पालिका र १० वडामा नेतृत्व दिन सकिने काँग्रेस भनाइ रहेको छ ।

बिज्ञापन

काँग्रेसको प्रस्तावलाई माओवादी र एकीकृत समाजवादी मान्न तयार छैनन्। काँग्रेसले १० पालिका र ९२ वडाको नेतृत्व आफूले पाउनु पर्ने दाबी गरेको थियो । 

बिज्ञापन

माओवादी केन्द्रका एक जिल्ला स्तरीय नेताका अनुसार गठबन्धन नहुने देखिएपछि पार्टीले आफ्नो हिसाब तयारी अगाडी बढाएको जानकारी दिए । एकीकृत समाजवादी पनि आफ्नो तयारीमा लागेको छ । यस जिल्लामा १३ पालिका रहेका छन् । 

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0