कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

कारको ठक्करबाट एक को मृत्यु, बिहानैदेखि राजमार्ग अवरुद्ध

कञ्चनपुरमा भारतीय नम्बरको गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ।

बिज्ञापन

आइतबार बिहान जिल्लाको कृष्णपुर नगरपालिका २ बाणीमा पूर्वबाट पश्चिमतर्फ आइरहेको भारतीय नम्बरको कारले ठक्कर दिँदा बाणीका तारा नाथको मृत्यु भएको प्रहरीले जनाएको छ।

कार चालक सोही ठाउँका ३९ वर्षीय वीरेन्द्र सिंह फरार रहेको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। कार भने प्रहरीले नियन्त्रणमा लिएको छ। ठक्करबाट घटनास्थलमै नाथको मृत्यु भएपछि बिहानैदेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारिएको प्रहरीले जनाएको छ

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0