कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

किन काटियो गौतम बुद्ध रंगशालाको लाइन ?

नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले लामो समयसम्म बिजुलीको बक्यौता नतिर्ने भरतपुर महानगरपालिका–१५ रामपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाइरहेको धुर्मुस सुन्तली फाउण्डेशन र माउण्ट एभरेष्ट ब्रुअरीको लाइन काटिएको प्राधिकरणले जनाएको छ ।

बिज्ञापन

फाउण्डेशनले बिजुलीको आठ लाख ८७ हजार रुपैयाँ बक्यौता महसुल नतिरेपछि बुधबार लाइन काटिएको भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए । फाउण्डेशनले छ महिनाभन्दा बढी समयदेखि बक्यौता नतिरेको उनले बताए ।

आर्थिक सहायता उपलब्ध हुन छाडेपछि फाउण्डेशन टाट पल्टिएको छ । फाउण्डेशन रंगशाला निर्माणको कामबाट समेत पछि हटेको छ । फाउण्डेशनले ४५ केभीए क्षमता लिएर रंगशाला निर्माणको काम गर्दै आएको थियो । ‘सम्मानित संस्था भएपनि गर्नुपर्ने काम त गर्नुपर्‍यो’, उनले भने ।

बिज्ञापन
No data was found

भरतपुर वितरण केन्द्रअन्तर्गत सबैभन्दा बढी बक्यौता रहेको माउण्ट एभरेष्ट ब्रुअरीको लाइन पनि बुधबार नै काटिएको हो । ब्रुअरीले चार महिनादेखिको ३७ लाख ४१ हजार ३१७ रुपैयाँ बक्यौता नतिरेपछि लाइन काटिएको पौडेलले बताए ।

बिज्ञापन
No data was found

लाइन काट्नका लागि उद्योग परिसरभित्र जान खोजेका विद्युत्‌का कर्मचारीलाई ब्रुअरीका कर्मचारीले अवरोध गरेका थिए । ‘लाइन काट्न उद्योग परिसरमा प्रवेश गर्न खोज्दा तीन जना चौकीदार खटाएर हामीलाई लखेटियो’, उनले भने, ‘त्यसपछि बाहिरैबाट जम्पर खोलेर आयौँ ।’

भरतपुर वितरण केन्द्रले ६० दिनभित्र बिजुलीले महसुल नतिर्ने ग्राहकको लाइन काट्न पाउँछ । केन्द्रको जम्मा बक्यौता एक करोड १० लाख रुपैयाँ रहेको छ । बक्यौता नतिर्ने मध्येका दुई ठूला ग्राहकको बुधबार लाइन काट्ने काम भएको उनले बताए ।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0