कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

किसानको भिजेको धानको मूल्य कति ?

लम्की : विभिन्न क्षेत्रमा कार्तिक १ गतेबाट वर्षा सुरु भनिएको भएतापनि कैलाली को अधिकांश भाग मा असोज ३१ गते देखिनै वर्षा सुरु भएको थियो | यो बेमौसमी बर्षादले किसान वर्ग सबैभन्दा बढी मारमा परेको पाइन्छ |

बिज्ञापन

लगातार ३ दिन सम्म आएको अविरल बर्षादले किसानको काटेर सुकाएको, काट्न बाकी, काटेर कुनिया लगाएको धान बाली नस्ट भएको थियो | र अहिले कुनियामा को धान समेत उम्रिएको छ | ६ महिनाको मेहेनत पानीले लगेकोमा सबै दुखी छन् |

बाकी रहेको धानले नि उचित मूल्य पाउने कि नाइँ मा नि सबै किसन चिन्तित छन् | सरकारी मूल्य त कहिलेयै पाइदैन, चलन चल्तीमानि यो बर्ष धान भिजेको भनेर मूल्य घटाउने गरेको एक किसानले भन्नुभयो |

धानबाली मात्र न भै यो बर्ष गहु वाली र तोरी, मसुरो बालीमा समेत असर परेको छ | तोरी कार्तिकको पहिलो हप्ता भित्र लगाउने गरिन्थियो तर यो बर्ष खेत जोतिएको समेत छैन, कसैको त धान समेत काट्न बाकीनै छ |

बिज्ञापन

धान बाली काटिसकेपछि तोरी लगाएर धान दाउने र धान दाएपछी गंहू लगाउने चलन छ यो बर्ष धान काटेर राख्ने अवस्था न भएको र खेतमा अझै पनि भएकोले तोरी र गहुलाई समेत असर परेको छ |

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0