कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

कुखुराको मासु खाने की नखाने ! के भन्छन् विज्ञ?

मानिसमा संक्रमण हुनसक्ने लक्षणसहितको बर्डफ्लू भेटिएपछि कुखुराको मासु खान मिल्छ या मिल्दैन प्रश्न उठेको छ। तर चिकित्सकहरुले कुखुराको मासु खाँदा केही फरक नपर्ने बरु सचेतता अपनाउनुपर्ने औंल्याएका छन्।

बिज्ञापन

सरुवा रोग विशेषज्ञ डा।शेरबहादुर पुनले कुखुराको मासु पकाएर खाँदा केही जोखिम नहुने बताए। उनले भने, ‘ ७० डिग्री देखि माथि उम्लिएपछि भाइरस नष्ट हुन्छ। मज्जाले खान मिल्छ। खानै नमिल्ने भन्ने हुँदैन।’ डा पुन यो भाइरस मानिसबाट मानिसमा सहजै नसर्ने देखिएको भएता पनि पंक्षीको प्रत्यक्ष सम्पर्कमा आउनेहरु भने उच्च जोखिममा पर्ने बताउँछन्।

गत फागुन १ गते काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ मा बर्डफ्लू भेटिएको थियो। नेपालमा पहिलो पटक सन् २०१९ मा २१ वर्षीय युवकको मृत्यु ‘एच फाइब एन वान’ बर्डफ्लूको कारणले भएको थियो।

प्रभावित क्षेत्रमा सो रोगको नियन्त्रण गर्ने कार्य भइरहेको छ। एभिएन इन्फ्लुन्जा भाइरसको संक्रमण खास गरी पंक्षीहरुमा हुने हुन्छ। तर, हाल पुष्टि भएको एच फाइभ एन वानले मानिसहरुलाई पनि संक्रमण गराउन सक्छ। मानिसहरुमा बर्डफ्लू भए नभएको प्रयोगशालामा गएर मात्र पुष्टि गर्न सकिन्छ।’

बिज्ञापन

चिकित्सकहरुका अनुसार बर्डफ्लू भनेको पंक्षीहरूमा देखिने एक प्रकारको रोग हो। यो रोगको जीवाणु इन्फ्लुएन्जा भाइरस हो। स्वस्थ व्यक्तिमा बर्डफ्लूको संक्रमण कसरी हुन्छ? स्वास्थ्य मन्त्रालयले तयार पारेको समाग्रीमा भनिएको छ,‘पंक्षीमा बर्डफ्लू लगाउने जीवाणु इन्फ्लु एन्जा भाइरस (एच.पी.ए.आई.सव टाइफ एच.फाइभ.एन वान एभिएन इन्फ्लुन्जा)ले मानव स्वास्थ्यमा पनि असर पु¥याउँछ। भाइरस व्यक्तिव्यक्ति बीचमा सर्दैन तर संक्रमित पंक्षीद्वारा भने व्यक्तिमा सर्न सक्छ।’

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0