कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१८ आश्विन २०८०, बिहीबार

कृषि मन्त्रीप्रति खेद व्यक्त गर्दछु : झपटबहादुर रावल

Facebook
Twitter
WhatsApp

प्रतिनिधिसभा सदस्य झपटबहादुर रावलले मलको अभावमा किसान पिल्सिरहेको अवस्थामा विदेश भ्रमणमा रमाउने गरेको भन्दै कृषि मन्त्रीप्रति खेद व्यक्त गरेका छन् ।

बिज्ञापन

प्रतिनिधिसभाको बैठकमा स्थगन प्रस्तावमाथिको छलफलमा भाग दिँदै उनले सरकार जनताका समस्यालाई बेवास्ता गर्दै कमिसनको खेलमा लागिरहेको आरोप लगाए ।

किसानका समस्याप्रति कृषिमन्त्री बेखबर रहेको भन्दै उनले मुठी रोपेर मुरी भित्र्याउने समयमा किसानलाई मलको अभाव भइरहेको तर्फ सरकार बेखबर रहेको आरोप लगाए ।

बिज्ञापन

प्रतिपक्षका सांसदले आफ्नो माग लिएर मन्त्रीहरुलाई बुझाएको पत्र च्यातिएको भन्ने आफूले सुनेको भन्दै उनले त्यस्ता मन्त्रीलाई खबरदारी समेत गरे ।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0