कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

केपी शर्मा ओली फेरी कहिल्यै प्रधानमन्त्री हुन नपाउने !

 नेकपा एमालेमा अब अध्यक्ष केपी शर्मा ओली कहिल्यै प्रधानमन्त्री हुन नपाउने भएका छन् । एमालेको विधान संशोधन प्रस्ताव पास भयो भने ओली अब प्रधानमन्त्री बन्न पाउने छैनन् । ओलीलाई फेरि प्रधानमन्त्री हुन रोक लाग्ने गरी विधान संशोधनको प्रस्ताव आएका कारण त्यो लागू हुने गरी पास भए ओलीको प्रधानमन्त्रीको यात्रामा ब्रेक लाग्ने भएको छ ।

बिज्ञापन

आइतबार शुरु भएको स्थायी कमिटीमा पेश गरिएको विधान संशोधन प्रस्तावमा सरकार प्रमुख दुई पटक भन्दा बढी हुन नपाउने व्यवस्था छ भने उमेरको पनि हद तोकिएको छ । एमालेमा एक पद एक नेताको कुरा पटक पटक उठ्दै आएको छ । साथै जिवनभर एउटै ब्यक्ति नेतृत्वमा रहन पाउने अवसर पनि अब नहुने भएको छ ।

स्थायी कमिटीमा आएको विधान संशोधन प्रस्ताव असोज १६ र १७ गते हुने विधान महाधिवेशनबाट पारित भए ओली फेरि प्रधानमन्त्री हुन पाउने छैनन् । यद्यपि ७० वर्ष उमेर हद राख्दा पनि पार्टी अध्यक्ष भने एक पटक हुन पाउने छन् । ओली पटक पटक प्रधानमन्त्री बनीसकेका छन् । अब फेरी चुनाव जितेर प्रधानमन्त्री बन्छु भन्दै सार्वजनिक भाषण समेत गर्ने गरेका छन् ।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0