कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

कैलारीमा अग्नी पीडित मुक्त कमैयाका २७ घर निर्माण सुरु

Facebook
Twitter
WhatsApp

लम्की : कैलालीको कैलारी गाउँपालिका ७ विपतपुर मुक्त कमैया शिविरस्थित अग्नी पीडित मुक्त कमैयाहरूको घर निर्माण सुरु भएको छ। २७ अग्नी पीडित मुक्त कमैयाका घर निर्माण सुरु भएको हो।

बिज्ञापन

सुदूरपश्चिम प्रदेश सरकार, ह्याबिटेड फर ह्युमानिटीको आर्थिक तथा ह्याबिटेडको साझेदार संस्था राष्ट्रिय दलित नेटवर्कको प्राविधिक सहयोग र स्थानीयको श्रमसहितको साझेदारीमा निर्माण सुरु गरिएको छ।

बस्ती निर्माण सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम अन्तर्गत हुन लागेको हो। शनिबार एक कार्यक्रमका बीच प्रदेश सरकारकी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले घरको शिलान्यास गरेकी हुन्।

बिज्ञापन

कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारको बस्ती विकास कार्यक्रमले विपन्न मुक्त कमैया परिवारलाई राहत हुनेमा विश्वास व्यक्त गरिन्। सुरक्षित आवासभित्र प्रवेश गरेको दिन सरकारको कार्यक्रमले सार्थकता पाउने भएकोले सबै पक्ष कार्यक्रम सफल पार्नमा लाग्नुपर्ने मन्त्री चौधरीको भनाइ छ।

बिज्ञापन

बस्तीका २७ घर पूर्ण रुपमा जलेर नष्ट भएका थिए भने दर्जनौं घरमा आंशिक क्षति पुगेको थियो । कार्यक्रम अन्तर्गत भन्सासहित ३ कोठा र शौचालयसहितको २७ घर निर्माण गर्न लागिएको हो।

जसमा प्रदेश सरकारको ९० लाख, ह्याबिटेड फर ह्युमनिटीको ५४ लाख र लाभग्राहीको ४१ लाख ९९ हजार ९९६ रूपैयाँ बराबरको लगानी रहने ह्याबिटेड फर ह्युमानिटीका इन्जिनीयर अनुपराज जोशीले जानकारी दिए । घर २०८० जेठ मसान्तभित्र बनाइसक्नुपर्ने छ । रातोपाटी

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0