कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१८ आश्विन २०८०, बिहीबार

कैलालीका निजी विद्यालय खुले, सरकारी बन्द

Facebook
Twitter
WhatsApp

बिहीबार जिल्ला प्रशासन कार्यालय कैलालीमा बसेको बैठकमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न पाउने निर्णय भयो। सोहीअनुसार कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आदेश जारी गर्दै स्मार्ट लकडाउनको मापदण्ड पूरा गर्दै विद्यालय सञ्चालन गर्न अनुमती दिए। 

बिज्ञापन

तर कैलालीका सरकारी विद्यालय भने सञ्चालन भएका छैनन्। धनगढीको त्रिभुवन माध्यामिक विद्यालयका प्रधानाध्यापक सीताराम अवस्थीले भौतिक उपस्थितीमा कक्षा सञ्चालन नगरेको बताए। उनले भने, ‘भौतिक उपस्थितिमा कक्षा सञ्चालन गरेका छैनाैँ। अनलाइन कक्षा भने सञ्चालनमा छ। उपमहानगरपालिकाबाट कुनै निर्देशन आएको छैन।’

कैलालीमा स्थानीय प्रशासनले सञ्चालनको अनुमति दिए पनि सरकारी विद्यालय खोल्न आनाकानी हुन थालेको हो। माध्यामिक शिक्षासम्मको अधिकार स्थानीय तहमा भएको र स्थानीय तहले निर्देशन नदिएको भन्दै अधिकांश सरकारी विद्यालय सञ्चालन भएका छैनन्। 

बिज्ञापन

स्थानीय प्रशासनको अनुमतिपछि पनि विद्यालय नखुल्दा सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थी भने अन्योलमा परेका छन्। ‘जिल्लाका निजी विद्यालय आइतबारदेखि सञ्चालनमा आएका छन्,’ एक विद्यार्थीले भने, ‘सरकारी विद्यालयका शिक्षकले घरमै बसेर तलव पाइरहेका छन्। त्यसैले विद्यालय खोल्न चाँसो नै दिएका छैनन्।’

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0