कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

कैलालीका विद्यालय आजबाट खुले,

कोरोना भाइरसका कारण लामो समयदेखि बन्द कैलालीका विद्यालय आजदेखि सञ्चालन भएका छन ।

बिज्ञापन

सरकारले प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको समन्वयमा विद्यालय खोल्न सकिने निर्णय गरेसँगै कैलालीमा पनि आजबाट विद्यालय सञ्चालन भएका हुन ।

बिहीबार भएको बैठकपछि  प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले आदेश जारी गर्दै भौतिक उपस्थितीमै विद्यालय सञ्चालन गर्न पाउने उल्लेख गरेका हुन् । बालबालिकाका शैक्षिक गतिविधि र अन्य सामाजिक गतिविधिलाई सहज बनाउन यस्तो निर्णय गरिएको आदेशमा उल्लेख छ।

बिज्ञापन
No data was found

सकभर भौतिक उपस्थितीमा पठनपाठन नगरी भर्चुअल माध्यमबाट पठनपाठन गराउन आदेशमा आग्रह गरिएको छ। यदि भौतिक उपस्थितीमा विद्यालय सञ्चालन गर्नुपर्ने अवस्था आए नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको भित्र रही सञ्चालन गर्न पाइने आदेशमा उल्लेख गरिएको छ । 

बिज्ञापन
No data was found

सो पालना भए नभएको बारे सम्बन्धित स्थानीय तहले कडाईका साथ अनुगमन गर्ने र पालना भएको नपाइएमा आफै वा स्थानीय तहको सहयोग लिई त्यस्ता शैक्षिक संस्था तत्काल बन्द गर्ने प्रमुख जिल्ला अधिकारी रिजालद्वारा जारी आदेशमा उल्लेख छ।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0