लम्कीचुहा नगरपालिकाले एक अर्ब ३७ करोड ४४ लाख रुपैयाँको बजेट ल्याएको छ ।
टीकापुर नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि ८५ करोड रुपैयाँको बजेट ल्याएको छ । ११ औं नगरसभामा नगर उपप्रमुख खडकबहादुर शाहले ८५ करोड आठ लाख ८४ हजार एक सय ६० रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।

घोडाघोडी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि एक अर्ब एक करोड २३ लाख २९ हजार रकमको बजेट पेस गरेको छ । कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ५९ करोड २५ लाख २१ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ ।
जानकी गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि ६९ करोड ३० लाख बजेट ल्याएको छ । दशौं गाउँसभामा उपाध्यक्ष लालमती कठरियाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमहरु कार्यान्वयनका लागि उक्त बजेट ल्याएको बताइन ।
गाउँपालिकाले चालुतर्फ ४५ करोड ८४ लाख पाँच हजार ५१६ रुपैयाँ र पुँजीगत खर्चतर्फ २३ करोड ५४ लाख ९४ हजार ४८३ रुपैयाँ बजेट विनियोजन गरेको छ । बर्दगोरिया गाउँपालिकाको आगामी आर्थिक वर्षका लागि ७६ करोड ७० लाख ५५ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ ।