कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

कैलालीका २ लाख ६५ हजार बालबालीकालाई टाइफाइडको खोप लगाइदै

कैलालीका २ लाख ६५ हजार बालबालीकालाई टाइफाइड रोग बिरुद्को खोप लगाइने भएको छ। कैलाली जिल्लाका १३  वटै स्थानीय तहका १५ महिना देखी १५ बर्षसम्मका २ लाख ६५ हजार बालबालीकालाई सो खोप लगाइने भएको हो।

बिज्ञापन

स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लाल बहादुर धामीका अनुसार १३ वटै स्थानिय तहमध्ये कतीपय पालीकामा चैत २३ गते र अभियानकै रुपमा कतीपय पालीकामा चैत २५ गते देखी खोप लगाउन सुरु गरिने जानकारी दिए। जिल्लामा २ लाख ६५ हजार बालबालीकालाई टाइफाइड रोग बिरुद्को खोप लगाइने स्वास्थ्य कार्यालय कैलालीका प्रमुख धामीले जानकारी दिए।

तथ्याङ्क अनुसार १५ महिना देखी १५ बर्षसम्मका १ लाख ९४ हजार बालबालीकालाई खोप दिइने भएपनी कैलालीका १३ वटै बिद्यालयबाट आएको तथ्याङ्क २ लाख ६५ हजार भएकोले सबैलाई खोप लगाइने उनले जानकारी दिए । कैलालीका ९०० भन्दा बढी बिद्यालयमा अध्ययनरत सो उमेर समुहका बिद्यार्थी तथा छुटेका र बिद्यालय जान नपाएकालाई घरमै पुगेर तथ्याङ्क संकलन गरी टाइफाइड रोग बिरुद्को खोप दिइने बताए । खोप केन्द्र विद्यालय, स्वास्थ्यचौकीमा राखिएका छन्।

बिज्ञापन

टाइफाइड खोप एक मात्रा दिइन्छ। टाइफाइडबाट बचाउनका लागि बालबालिकाहई टाइफाइडविरुद्ध खोप पहिलो पटक दिन लागिएको हो।यो खोप बालबालिकामा टाइफाइड प्रतिरोधात्मक क्षमता बढाउन झण्डै ९७ प्रतिशत सफल रहेको स्वास्थ्यकर्मीले बताएका छन्। स्वास्थ्य कार्यालय कैलालीले  विद्यालयमा रहेका वा घरमा रहेका बालबालिकाहरुलाई टाइफाइड रोग बिरुद्को खोप अभियानमा सहभागि हुन अनुरोध गरेको छ ।

बिज्ञापन

साथै बालबालिकाहरुले आ-आफ्नो नजिकैको पायक पर्ने खोप केन्द्रमा टाइफाइड रोग बिरुद्को खोप अनिवार्य लगाउन र खोप लगाउने निश्चित मिति र स्थानको बारेमा जानकारी लिन स्वास्थ्य संस्था, विद्यालय, पालिकाको स्वास्थ्य शाखा, वडा कार्यालयहरुमा सम्पर्क राख्न सकिने जनाएको छ। 

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0