कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

कैलालीको अत्तरियामा रहेको पद्मा अस्पताल तनावग्रस्त, बिरामीको मृत्यु भएको भन्दै आफन्तद्धारा तोडफोड

कैलालीको अत्तरियामा रहेको पद्मा अस्पतालमा तनावग्रस्त भएको छ।

बिज्ञापन

कैलालीको अत्तरियामा रहेको पद्मा अस्पतालमा एक बिरामीको मृत्यु भएको भन्दै आफन्तले अस्पतालमा तोडफोड गरेका छन् । शुक्रबार साँझ उपचारका लागी आएका बिरामीको अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै स्थानियहरुले तोडफोड गरेका हुन ।

ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरिक्षक (डिएसपी) नवराज पोखरेलका अनुसार गोदावरी नगरपालिका – ३ का ३८ वर्षिय विनोद कुमार बोहराको मृत्यु भएको हो । डायरियाका बिरामीको अस्पतालले लापरबाही गर्दा मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल तोडफोड गरेका उनले बताए ।

बिज्ञापन
No data was found

डाक्टरको लापरवाहिका कारण मत्यु भएको भन्दै आक्रशित मृतकका आफन्तले ढुंगा मुडा प्रहार गर्दा अस्पतालको अगाडीको सिसा फुटेको छ भने अस्पताल परिषरमा तनावग्रस्त स्थिति सृजना भएको छ ।

बिज्ञापन
No data was found

मृतकका आफन्तहरुले अस्पतालको एम्बुलेन्स समेत तोडफोड गरेका छन । विरामीको मृत्युको कारण भने खुल्न सकेको छैन ।आक्रशित भिड तितरवितर गर्न प्रहरीले अश्रु ग्यास समेत प्रयोग गरेका छ । क्षतीको थप विवरण आउन सकेको छैन ।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0