कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

कैलालीको हाइवे क्षेत्र अब सिसी क्यामेराको निगरानीमा

 आजदेखि कैलाली र कञ्चनपुरको राजमार्ग क्षेत्र सिसी क्यामेराको निगरानीमा आएको छ।

बिज्ञापन

सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले पूर्वपश्चिम राजमार्गको चिसापानीदेखि गड्डाचौकी र अत्तरियादेखि त्रिनगर सीमानाकासम्म जडान गरेको सिसीटिभी क्यामेरा आजदेखि सञ्चालनमा ल्याइएको हो।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले इलाका प्रहरी कार्यालय मालाखेतीमा कार्यक्रमको आयोजना गर्दै सिसी क्यामेरामाथि निगरानीको जिम्मा प्रहरीलाई दिएको हो। सुदूरपश्चिममा ठूलो संख्यामा सिसी क्यामेरा जडान गरिएको बताउँदै आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले आपराधिक गतिविधि नियन्त्रण हुने विश्वास व्यक्त गरिन्।

बिज्ञापन

‘सवारी दुर्घटना न्यूनीकरण गर्न र सवारी दुर्घटनाको दोषी पक्राउ गर्न पनि सहज हुनेछ,’ मन्त्री जोशीले भनिन्। कार्यक्रममा प्रदेश प्रहरी प्रमुख डिआइजी पुरुषोत्तम कँडेलले सीसी क्यामेरा जडानपछि हिट एन्ड रनका घटना कम हुने अपेक्षा गरे। ‘कैलालीमा दुर्घटना गरेर भाग्ने र दोषी पक्राउ नपर्ने लगायतका घटनाहरूको अनुसन्धानमा अब प्रहरीलाई सहज हुनेछ,’ उनले भने। 

बिज्ञापन

आर्थिक वर्ष २०७७÷७८ को मन्त्रालयको कार्यक्रमअन्तर्गत एक करोड ७१ लाखको लागतमा सिसीटिभी क्यामेरा जडान गरिएका हुन्। अपराधिक क्रियाकलाप नियन्त्रण, अपराध अनुसन्धान तथा सडकमा हुने ट्राफिक जाम र सडक दुर्घटना न्यूनीकरणमा सघाउ पु¥याउनका लागि सिसीटिभी क्यामेरा जडान गरिएको हो।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0