कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

कैलालीमा एकैदिन ३ महिला मृत फेला

कैलालीमा आत्महत्याका घटनामा वृद्धि भइरहेको छ। हिजो मंगलवार मात्रै जिल्लामा ३ ओटा आत्महत्याका घटना घटेका छन्। 

बिज्ञापन

मंगलवार साँझ ५ बजेतिर भजनी नगरपालिका–१ गौनियाकी ४० वर्षीया आशादेवी चौधरी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनाको प्रकृति हेर्दा आत्महत्या जस्तो देखिएको र उनको शव परीक्षणका लागि टिकापुर अस्पतालमा पठाइएको प्रहरीले जानकारी दिएको छ।

साँझ ७ बजेको समयमा भजनी नगरपालिका–८ मोहानपुर बस्ने ७५ वर्षीया काली चौधरी पनि मृत फेला परेकी छिन्। उनको शव घरको कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेको थियो। उनको शव पनि परीक्षणका लागि टीकापुर अस्पताल पठाइएको प्रहरीले बताएको छ।

बिज्ञापन
No data was found

यस्तै धनगढी उपमहानगरपालिका–७ देवरियाकी १६ वर्षीया नम्रता चौधरीको शव साँझ ९ बजे फेला परेको थियो। घटनास्थलको अनुसन्धानपछि उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको कैलाली प्रहरीले जनाएको छ। साथै ३ ओटै घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। 

बिज्ञापन
No data was found
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0