कैलालीमा क्यासिनो सहितको ५ तारे होटल खुल्ने भएको छ। जिल्लाको गोदावरी नगरपालिका वडानम्बर ७ हरैयामा ५ तारे आईडिया होटल एण्ड क्यासिनो नामक हाेटल खुल्ने भएको ।
शनिबार उक्त होटलको एक कार्यक्रमका बीच प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांगेसका नेता शशांक कोइरालाले शिलान्यास गरेका छन्। होटलको शिलान्यास गर्दै कोइरालाले होटल व्यवसायले सद्भावको भावना जागृत गर्नेमा होटल व्यवसायले यस क्षेत्रको आर्थिक विकासमा मदत गर्ने दाबि गरे ।

यस्तै आइडिया नेपालका अध्यक्ष गोकर्ण श्रेष्ठले उक्त होटल १५ तलाको हुने र होटलमा १५० गेष्ट रुम ,२ हजार जना अटाउने सेमिनार हल, १ हजार ५ सय जनाले एकैपटक खेल्न सक्ने क्यासिनो लगायतका सेवा संचालन हुने बताए । उनका अनुसार होटल संचालनका लागि २ अर्ब लगानी लाग्ने अनुमान गरिएको छ।
यस्तै आइडिया ग्रुपको नाममा २३ विघा सो क्षेत्रमा जग्गा रहेकोमा त्यसमध्ये २ विघा जग्गामा होटल र अन्य क्षेत्रमा आइडिया सिटी र अपारमेन्ट पनि निर्माण गरिने भएको छ ।