कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

कैलालीमा गाडीको ठक्करबाट एकजनाको मृत्यु

Facebook
Twitter
WhatsApp

कैलालीमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

बिज्ञापन

धनगढी-अत्तरिया ६ लेन सडकखण्डअन्तर्गत गोदावरी नगरपालिका -१ स्थित मनहरा पुल नजिक नम्बर नखुलेको गाडीले अन्दाजी २५ वर्षीय युवकलाई ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले बताएको छ।

गाडीको ठक्करबाट घाइते भएका ती युवकलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ल्याइएको र उनको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। युवकको पहिचान नखुलेको र गाडी तथा चालकको खोजी कार्य भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0