कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

कैलालीमा चिसो बढ्दा जनजीवन प्रभावित

कैलालीमा हुस्सु र कुहिरोका कारण निकै चिसो बढेपछि जनजीवन प्रभावित भएको छ।

बिज्ञापन

बिहानदेखि दिउसो १२ बजेको समयसम्म हुस्सु र कुहिरो लाग्ने गरेकाले दुई सातादेखि यहाँको जनजीवन चिसोका कारण प्रभावित भएको हो। कुहिरो र हुस्सुकै कारण बजार क्षेत्रका पसल ढिलोगरी खुल्न थालेका छन्।

बजार क्षेत्रमा बिहानीको समयमा हुने चहलपहलको कार्यमा समेत कमी आएको छ । हुस्सु र कुहिरोकै कारण सडक क्षेत्रमा ‘भिजिविलिटी’ कम हुँदा सडक दुर्घटना हुने सम्भावना बढ्दै गएको छ। ‘सडकमा पाँच मिटर परसम्म पनि बिहानीको समयमा कुहिरो र हुस्सुका कारण देख्न सकिने अवस्था हुँदैन,

बिज्ञापन

विद्यालय जाने बालबालिका, बुढापाका, दीर्घरोगी, मजदुर, गन्तव्यमा जाने यात्रु चिसोबाट बढी प्रभावित भएका छन्। बिहानी कक्षामा पुग्ने विद्यार्थी चिसोका कारण कठ्याङ्ग्रिने समस्या हुन थालेपछि केही विद्यालयले ढिलोगरी कक्षा सञ्चालन गर्न थालेका छन् । विद्यालयमै आगो ताप्ने व्यवस्था गरिएको छ।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0