कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

कैलालीमा जारी निशेधाज्ञा लम्बियो

Facebook
Twitter
WhatsApp

कैलालीमा जारी निशेधाज्ञा लम्बिएको छ। 

बिज्ञापन

कोरोना संक्रमण झन–झन बढ्न थालेको भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) कैलालीले जेठ १३ गते राति १२ बजेसम्मका लागि निशेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। यसअघि बैशाख १६ गतेदेखि २२ गतेसम्म,  बैशाख २३ गतेदेखि बैशाख मसान्तसम्म र बैशाख मसान्तदेखि जेठ ६ गतेसम्म निशेधाज्ञा जारी गर्ने निर्णय भएको थियो।

विश्वव्यापी महामारीको रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण जिल्लामा समेत तीब्र रुपमा बढ्दै गइरहेको र  दिन प्रतिदिन संक्रमणको जोखिम उच्च हुँदै जिल्लास्थित अस्पतालहरुको क्षमताभन्दा बढी मानिसहरु अस्पतालमा उपचारार्थ आइरहेको र संक्रमण जोखिम बढ्दै गइरहेको भन्दै थप निशेधाज्ञा लम्ब्याइएको बताइएको छ। निशोधाज्ञा थप कडा पारिने भन्दै ८ बुँदा निर्णय गरिएको हो। 

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0