कैलालीमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
जिल्लाको भजनी नगरपालिका–३ कुडि चोकमा से.२ त १०२० नम्बरको ट्याक्टर दुर्घटना हुँदा भजनी नगरपालिका–१ ठेगरपुरका २८ वर्षीय टिकाराम चौधरीको मृत्यु भएको हो ।

ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते चौधरीको प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारको क्रममा मृत्यु भएको थियो ।
दुर्घटनापछि ट्याक्टर चालक फरार भएको र, उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
बिज्ञापन

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0