कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

कैलालीमा ट्रक पल्टिँदा एक जना घाइते

कैलालीमा ट्रक पल्टिँदा एक जना घाइते भएका छन्। प्रहरीका अनुसार जिल्लाको गोदावरी नगरपालिका-६ लालपुरमा वीरगञ्जबाट कञ्चनपुरको महेन्द्रनगर आउँदै गरेको ना६ख २८६९ नम्बरको ट्रक पल्टिँदा सह चालक घाइते भएका हुन्।

बिज्ञापन

डोटीको जोरायल गाउँपालिका-४ का १८ वर्षीय खेम बोहरा घाइते भएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। किराना सामान बोकेको सो ट्रक आफै अनियन्त्रित भई पल्टिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। घाइते बोहराको धनगढीस्थित पद्मा अस्पतालमा उपचार भइरहेको र चालक इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा रहेको उनले बताए।  

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0