कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

कैलालीमा निर्वाचनकालागी मतदान र मतगणना स्थलको तयारी पूरा

Facebook
Twitter
WhatsApp

 कैलालीमा मतदान र मतगणनास्थलको तयारी पूरा भएको जनाइएको छ । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिश जयानन्द पनेरुले स्थानीय तह निर्वाचनका लागि कैलाली जिल्लामा मतदान र मतगणना स्थलको तयारी पूरा भएको जानकारी दिएका हुन् ।

बिज्ञापन

मतदान र मतगणनाका लागि स्थानहरु छनौट भई सम्पूर्ण तयारी पूरा भएको छ। १३ वटा स्थानीय तह रहेको कैलालीमा २३६ मतदान स्थल कायम रहेका छन्। जिल्ला निर्वाचन कार्यालय प्रमुख प्रेमराज भट्टका अनुसार मतदान अधिकृत तथा सहायक मतदान अधिकृत मतदान केन्द्रमा बुधबारै पुगिसकेका र मतदान केन्द्रमा तयारी सम्पन्न गरेका जानकारी दिए।

कैलालीमा २३६ मतदानस्थल र ६१९ मतदान केन्द्र तोकिएका छन्।बिहान ७ बजे देखी मतदान सुरु हुनेछ । मतदान केन्द्रमा एक हजार २५० मतदान अधिकृत तथा सहायक अधिकृत, तीन हजार ५० कर्मचारी र एक हजार ८७५ स्वयमसेवक खटिएका छन्। कैलालीमा २३६ मतदान स्थल कायम छन्। जसमा ५२ वटा मतदानस्थललाई अति संवेदनशील, ५३ ओटा संवेदनशील र वाँकी १३१ मतदानस्थल सामान्य रहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको छ।

बिज्ञापन

कैलालीमा पाँच लाख २५ हजार १२५ मतदाता रहेका छन्। जसमा महिला दुई लाख ७९ हजार १०, पुरुष दुई लाख ५६ हजार १०४ र अन्य ११ रहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ । लम्कीचुहा नगरपालिकामा ५३ हजार ९४६, टीकापुर नगरपालिकामा ५२ हजार ८६२, घोडाघोडीमा ५२ हजार ४०, गौरीगङ्गा नगरपालिकामा ४० हजार १८,गोदावरी नगरपालिकामा ५५ हजार ४९२, मतदाता रहेका छन् । कैलारी गाउँपालिकामा ३६ हजार ७३५, जानकी गाउँपालिकामा ३५ हजार ४०६, भजनी नगरपालिकामा ३३ हजार ९३१, जोशीपुर गाउँपालिकामा २५ हजार ४४६ मतदाता रहेका छन् ।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0