छिमेकी मुलुक भारतसँग जोडिएका कैलालीका सीमानाका तीन दिन बन्द हुने भएका छन्।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि सीमानाका बन्द हुने भएका हुन्।
जिल्ला प्रशासन कार्यालय कैलालीले मंगलबार सूचना जारी गर्दै यही मंसिर १ गते राति १२ बजेदेखि ४ गते राति १२ बजेसम्म सीमानाका बन्द हुने जनाएको छ।
निर्वाचनलाई स्वच्छ, पारदर्शी, मर्यादित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न कैलालीसँग सीमा जोडिएका नाका बन्द रहने सूचनामा उल्लेख छ।
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0