कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

कैलालीमा पाँच दलीय गठबन्धन गर्ने सहमति, कुन दलले कति पालिका रोजे ?

लम्की : आगामी स्थानीय तहको निर्वाचनका लागि कैलालीमा पाँच दलीय गठबन्धन गर्ने सहमति भएको छ । आइतबार बसेको बैठकले निर्वाचन क्षेत्र, २०७४ सालको मतपरिणाम, संगठन संरचनाको प्रभाव, नयाँ घोषणापत्र लगायतलाई आधार मान्दै गठबन्धन गर्ने सहमति भएको हो ।

बिज्ञापन

नेपाली काँग्रेस कैलाली सचिव केशव मिश्रले वडातहदेखि नै १३ वटै स्थानीय तहमा गठबन्धन गर्ने सहमति भएको जानकारी दिए । बैठकमा नेकपा एकीकृत समाजवादी पार्टीले पाँच वटा स्थानीय तहमा आफ्नो दाबी गरेको छ । एसले गोदावरी, गौरीगंगा, घोडाघोडी, लम्कीचुहा नगरपालिका र चुरे गाउँपालिकामा दाबी गरेको छ ।

नेकपा माओवादी केन्द्रले काँग्रेसको माग दाबीका आधारमा आफूहरुले स्थानीय तहमा दाबी गर्ने प्रतिक्रिया दिएको जनाइएको छ । यद्यपी माओवादी केन्द्रले २०७४ सालमा विजयी भएका दुई वटा स्थानीय तह नछोड्ने दाबी गरेको छ । 

बिज्ञापन

बैठकमा काँग्रेसले अहिलेसम्म १३ वटै स्थानीय तहमा आफनो दाबी रहने प्रतिक्रिया दिएको थियो । सचिव मिश्रले भने –‘हाम्रो १३ वटै स्थानीय तहमा दाबी रहेको छ । यद्यपी अब हामीले सबै तहमा प्रक्षेपण गरेरमात्र अघि बढ्छौँ ।’ उनले काँग्रेसले ३० गतेको बैठकमा केही स्थानीय तह अन्य दललाई दिने वा नदिने भनी निर्णय गर्ने बताए ।

बिज्ञापन

यस्तै, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले स्थानीय तहमा कुनै दाबी गरेका छैनन । राष्ट्रिय जनमोर्चा पार्टीले स्थानीय तहको नगर प्रमुख तथा उपप्रमुखमा दाबी नगरेपनि गठबन्धनमा आफ्नो सहभागिता जनाउन केही स्थानीय तहको वडामा उम्मेदवार बनाउन माग गरेको बताइएको छ ।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0