कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

कैलालीमा बसभित्रै बिद्यार्थीमाथी चक्कु प्रहार

कैलालीमा बिद्यार्थिहरु बिच बिवाद हुँदा बुधबार चक्कु प्रहार भएको थियो । जिल्लाको को घोडाघोडी बुहुमुखी क्याम्पसमा अध्यनरत विद्यार्थीहरु बिच सुखड देखी मसुरिया आउने क्रममा बिवाद भएपछि चक्कु प्रहार भएको हो ।

बिज्ञापन

सार्वजनिक बसमै बिवादका कारण चक्कु प्रहारबाट दुई जना घाईते भएका छन् ।

घोडाघोडी बुहुमुखी क्याम्पसमा अध्यनरत गौरीगंगा ८ बढैपुरका सागर सुनारलाई सार्बजनिक बसमा घर फर्कने क्रममा गौरीगंगा ९ का सुनिल आउजी र गौरीगंगा ५का पुष्कर भाटले चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता बेदप्रकाश जोशीले जानकारी दिए । चक्कु प्रहार गर्ने दुबै जनाको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

बिज्ञापन

घाईते सागर सुनारको घाटी, हात र खुट्टमा चोट लागेको छ । उनको पहलमानपुर पोलिकिल्नीकमा उपचार भैरहको छ ।

बिज्ञापन

बसमा सबार बर्दगोरीया १ का जुद्ध साँउदको झडप नियन्त्रण गर्न खोज्दा हातमा चोट लागेको छ । चक्कु प्रहार गर्ने आउजी र भाट फरार रहेका छन् ।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
1
+1
0