कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

कैलालीमा बस दुर्घटनामा घाइते भएका एकको  मृत्यु

कैलालीमा गुडिरहेको बस नालीमा खसेपछि हिजो दुर्घटना भएको थियो । जिल्लाको घोडाघोडी नगरपालिका १० मा ना ५ ख ८६९१ नम्बरको गुडिरहेको बस नालीमा खसेको हो। 

बिज्ञापन

दुर्घटनामा घाइते भएका एक जनाको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मृत्यु हुनेमा लम्की–चुहा नगरपालिका २ बस्ने २० वर्षीय पारस खत्री रहेको प्रहरीले बताएको छ। 

प्रहरीका अनुसार उक्त बस धनगढीबाट टीकापुर गइरहेको थियो। गुडिरहेकै बेला स्टेरिङ फेल भएपछि अचानक बस नालीमा पसेको थियो। बस नालीमा फसेपछि बसमा सवार ४ जना घाइते भएका छन्। घाइतेहरुको उपचार भइरहेको छ। 
 

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0