कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

कैलालीमा बहुबिबाहको नाममा ३ वर्षमा १२३ मुद्दा दर्ता

Facebook
Twitter
WhatsApp

लम्की : कैलालीमा मुलकी अपराध संहिता विपरीत बहुविवाह गर्नेको संख्या बढ्दै गएको छ। मुलुकी अपराध संहिताको खिल्ली उडाउँदै जिल्लाभित्र धमाधम बहुविवाह गर्नेको संख्या बढ्दै गएको हो।

बिज्ञापन

जिल्लामा तीन वर्षको अवधिमा मात्र एक सय २३ बहुविवाहका मुद्दा प्रहरीमा दर्ता भएका छन्  | अपराध संहिताको दफा र उपदफालाई नै छलेर यसरी बहुविवाह गर्नेको संख्या बढ्न थालेको हो। यस्ता अधिकांश केसहरु प्रहरी एवं अदालतसम्म समेत पुग्ने गरेका छैनन्।

मुलुकी ऐनमा बहुविवाह गर्ने कार्यलाई फौजदारी अपराध मान्दै न्युनतम एक वर्षदेखि पाँच वर्षसम्म कैद सजाय गर्ने व्यवस्था छ। अधिकतम पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवानाको व्यवस्था छ। बहुविवाह गरेमा वा गराउने कार्य गर्ने व्यक्तिलाई समेत पाँच वर्षसम्म कैद हुने र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ।

बिज्ञापन

आर्थिक वर्ष २०७७/७८ मा मात्र बहुविवाहका ४८ मुद्दा प्रहरीमा दर्ता भएको तथ्यांक छ। बहुविवाह बर्जित भएको धेरै वर्ष बितिसक्दा पनि कतिपय नेता र समाजका सेलिब्रिटीहरु नै बहुविवाहको चक्करमा पर्दा चर्चाको विषय बन्ने गरेका छन्।

बिज्ञापन

प्रेम र सम्बन्ध यसै पनि धेरैले ख्याल गर्ने मानवीय चासो र सरोकारका विषय हुन्। कानुनले विवाहलाई एक ‘पवित्र सामाजिक तथा कानुनी बन्धन ‘मानेको भए पनि यसलाई खेलौनाको विषय बनाएका प्रशस्तै उदाहरणहरु छन्। कैलालीमा आर्थिक वर्ष २०७८/७९ मा मात्र बहुविवाहका थप ४१ मुद्दा प्रहरीमा दर्ता भएको अभिलेख छ।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0