कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

बाढीबाट बच्न स्थानीयवासीलाई पूर्वतयारी सम्बन्धी सिकाइँदै

कैलाली जिल्ला बाढीको उच्च जोखिममा रहेको जिल्ला हो। जिल्लाको टीकापुर र भजनी नगरपालिकामा बर्सेनी बाढीबाट ठूलो धनजनको क्षति हुन्छ।

बिज्ञापन

बर्सातको समयमा नदीमा पानीको बहाव बढेपछि जोखिमबाट बच्न भजनीका प्रभावित क्षेत्रका स्थानीयवासीलाई पूर्वतयारी सम्बन्धी घटना अभ्यास गरी सिकाइएको छ। 

नगरपालिका र प्रयास नेपाल कैलालीको आयोजनामा भजनी–३ को कर्मदेव घाटमा बाढी सचेतता सम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको हो।

बिज्ञापन

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीले घटना अभ्यास गराउँदा नागरिक बाढीको समयमा उद्धार तथा प्राथमिक उपचारजस्ता कार्यमा सचेत बन्ने बताए।

बिज्ञापन

“बाढी आउँदा कसरी बच्न सकिन्छ भन्ने ज्ञान स्थानीयवासीले पाएका छन्”, बिनाडीले भने, “प्रभावित क्षेत्रका नागरिकलाई यसैगरी सचेत गराउन आवश्यक छ।”

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0