लम्की : कैलाली को भजनी नगरपालिका-३ हुलाकी राजमार्ग अन्तर्गत बेलाबोजी भन्ने ठाउँमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ |
दुर्घटनामा घाइते भएका चालक टीकापुर नगरपालिका-६ का अन्दाजी ३६ वर्षीय चन्द्रबहादुर चौधरीको हिजो राति नै प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

दुर्घटनामा परी बेहोस अवस्थामा भेटिएका उनलाई इलाका प्रहरी कार्यालय भजनीले स्वास्थ्य केन्द्र पुर्याएको थियो । सुपप्र ०१००८ प ४७२३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले बताएको छ।
बिज्ञापन
No data was found
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0