कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

कैलालीमा लक्डावन आजदेखि थप खुकुलो

Facebook
Twitter
WhatsApp

 कैलालीमा कोरोना भाइरसको जोखिम रोकथामका लागि जारी निषेधाज्ञा जिवनयापनलाई सहज बनाउन आजदेखि थप खुकुलो पारिएको छ।

बिज्ञापन

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बिहीबार आदेश जारी गर्दै निषेधाज्ञालाई थप खुकुलो पारेका हुन्।रिजालद्वारा जारी आदेशअनुसार अब पाँच क्षेत्रमा मात्रै निषेध गरिएको छ। ‘

अनावश्यक रुपमा मानिसहरु जम्मा हुने, भिडभाड गर्ने, सभा जुलुस गर्ने, सामूहिक रुपमा पूजाअर्चना गर्ने, जात्रा महोत्सव गर्न, भोज भतेर गर्ने जस्ता कार्य गर्न पाइने छैन,’ आदेशमा उल्लेख गरिएको छ। 

बिज्ञापन

मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गरे दुई सय रुपैयाँ जरिबाना गरिने आदेशमा उल्लेख छ। यस्तै आजदेखि भने जिल्लामा भौतिक उपस्थितीमै विद्यालय सञ्चलन गर्न पाइने भएको छ। बालबालिकाका शैक्षिक गतिविधि र अन्य सामाजिक गतिविधिलाई सहज बनाउन यस्तो निर्णय गरिएको आदेशमा उल्लेख छ। 

बिज्ञापन

सकभर भौतिक उपस्थितीमा पठनपाठन नगरी भर्चुअल माध्यमबाट पठनपाठन गराउन आदेशमा आग्रह गरिएको छ। यदि भौतिक उपस्थितीमा विद्यालय सञ्चालन गर्नुपर्ने अवस्था आए नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको भित्र रही सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ। 

त्यसको अनुगमनको जिम्मेवारी स्थानीय तहलाई दिएको छ। स्वास्थ्य मापदण्ड अपनाएको नभेटिए तत्काल विद्यालय बन्द गरिने प्रमुख जिल्ला अधिकारी रिजालद्वारा जारी आदेशमा उल्लेख गरिएको छ।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0