कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१८ आश्विन २०८०, बिहीबार

कैलालीमा १५ जना जुवाडे पक्राउ

Facebook
Twitter
WhatsApp

कैलालीमा बुधबार १५ जना  जुवाडे पक्राउ परेका छन्।

बिज्ञापन

जिल्लाको टिकापुर नगरपालिका –१ ब्लक नं. १४ का खडक बहादुर शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय टिकापुरको प्रहरी टोलीले जुवाको खालबाट ३१हजार ६९५ रुपैँया सहित ५ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा टिकापुर न.पा –१४ बस्ने वर्ष ४६ का खडक बहादुर शाही, १४ बस्ने वर्ष ५६ का उदय राब ढुङगाना–५ दौलतपुरका वर्ष ५३ का सुर्य बहादुर कालुङमगर, वडा नम्बर १ का वर्ष ५६ का बिक्रम बहादुर खड्का र सोहि वडाका वर्ष ३२ का प्रेम देउवा रहेका छन।

त्यस्तै सोहि  ठाउँकै  वडा–१ का वर्ष ६८ का दिल प्रसाद शेरचनले सञ्चालन गरेको ३ तले न्यु ब्रान्च होटलमा जुवाको खालबाट १ लाख १४हजार ९५ सहित १० जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय टिकापुरमा राखि थप अनुसन्धान कार्य भईरहेको प्रहरीले बताएको छ।

बिज्ञापन

कैलाली टिकापुर न.पा –१ बस्ने वर्ष ६८ को दिल प्रसाद शेरचन,वर्ष ६६ का टंक बहादुर रावल,वर्ष४९ को देब बहादुर रावल,वर्ष ६३ को चक्रकान्त तिमिल्सेना, ५३ वर्षका हमाल,४८ वर्षका नरेश रावल,५३ वर्षका हस्त बहादुर शाही,५० वर्षका दल बहादुर साँउद, ५८वर्षका हिरालाल कोईराला र ६३ वर्षका लोक बहादुर साँउद रहेका छन्।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0