कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

कैलालीमा २१ गतेदेखि निषेधाज्ञा खुकुलो पार्ने तयारी

Facebook
Twitter
WhatsApp

धनगढी : कैलालीमा २१ गतेदेखि निषेधाज्ञा खुकुलो पार्ने तयारी भएको छ । २० गतेसम्म निषेधाज्ञा जारी गरेको प्रशासनले २१ गतेदेखि केही खुकुलो बनाउने तयारी गरेको हो ।

बिज्ञापन

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले निषेधाज्ञाको प्रारुप परिवर्तन गर्ने तयारी भइरहेको बताउँदै भने, ‘अहिले नै मोडालिटी तयार भएको छैन् ।’ उनका अनुसार प्रशासनले निर्माण सामाग्री ढुवानीका सवारी साधनहरु २४ घण्टा नै चलाउने अनुमती दिइसकेको छ ।

जेठ १२ गतेको निर्णय संशोधन गर्दै स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै निर्माण सामाग्री ढुवानीका सवारी २४ घण्टा नै सञ्चालन गर्न पाउने भनेको हो ।

२१ गतेदेखि बैंक तथा वित्तिय संस्था पनि केही घण्टा सञ्चालन हुने गरी निषेधाज्ञा जारी हुने सम्भावना बढि छ ।

बिज्ञापन

अहिले नै बजार व्यवसाय र सार्वजनिक सवारी साधन सञ्चालनका लागि भने अनुमती नपाइने प्रशासनले स्रोतले बतायो । कैलालीमा १६ बैशाखदेखिज निषेधाज्ञा जारी भएको थियो । 

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0