कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

वैशाख २७ गते रातिदेखि मादक पदार्थको सेवन तथा बिक्री वितरण गर्न नपाइने

Facebook
Twitter
WhatsApp

कैलालीमा २७ गते मङ्गलवार रातिदेखि जिल्लाभर मादक पदार्थको सेवन तथा बिक्री वितरण गर्न नपाइने भएको छ ।

बिज्ञापन

जिल्ला प्रशासन कार्यालय कैलालीले एक सूचना जारी गर्दै निर्वाचनको मौन अवधिदेखि मत परिणाम घोषणा नहुन्जेलसम्मका लागी जिल्लाभर मादक पदार्थको सेवन र बिक्री वितरण निषेध गरिने जनाएको छ।

आसन्न स्थानीय तह निर्वाचन २०७९ लाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि निर्वाचन आचार संहितामा उल्लेख भए बमोजिम २७ गते राती १२ बजेदेखि मतगणनाको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न निर्वाचन सुरक्षा (व्यवस्थापन)निर्देशिका, २०७८ को दफा ६(थ) र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) को खण्ड (क) बमोजिम पूर्ण रुपमा निषेध गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । प्रशासनले जारी गरेको आदेशको उल्लङ्घन गरेको पाइएमा प्रचलित ऐन कानुन बमोजिम कारबाही गरिनेसमेत जनाएको छ ।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0