लम्की : कैलालीको लम्की चुहा नगरपालिका 1 लम्कीमा ट्रकको ठक्करबाट एक महिलाको ज्यान गएको छ ।
जिल्लाको लम्कीचुहा नगरपालिका अन्तरगत पूर्वपश्चिम राजमार्गमा ना२ख ९३७० नम्बरको ठक्करबाट महिलाको मृत्यु भएको हो।
महिलाको मृत्यु भएपछि अहिले स्थानीयले ट्रकमाथि तोडफोड गरि आगजनी समेत गरेका छन् । महिलाको विवरण खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय कैलालीले दुर्घटना विवरण आउन बाँकी रहेको जनाएको छ ।
ट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि लम्की क्षेत्र तनाव ग्रस्त भएको छ । अहिले राजमार्ग र लम्की बजार बन्द गरिएको छ। स्थानीयले राजमार्गमा प्रदर्शन गर्न थालेका छन् । भिड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको छ।
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0