कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

कैलाली मा पहिलो कांग्रेस अधिवशेन आजबाट

नेपाली कांग्रेसको १४औं महाधिवशेनका आजदेखि सुदूरपश्चिम प्रदेशको पहिलो अधिवशेन आरम्भ हुँदैछ ।

बिज्ञापन

धनगढीमा हुने पहिलो अधिवेशनको दिउँसो पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको अधिवेशन मुल व्यवस्थापन समितिले जनाएको छ ।

उद्घाटन कार्यक्रममा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डाक्टर सशांक कोइराला लगायतका शिर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अधिवशेन मुल व्यवस्थापन समितिका संयोजक तथा कैलाली कांग्रेस सभापति नरनारायण शाहले प्रदेशको प्रथम अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको बताए ।

बिज्ञापन

प्रथम प्रदेश अधिवेशनमा प्रदेशका नौ जिल्ला र ३२ प्रदेश सभा निर्वाचन क्षेत्रबाट गरी नौ सय ७२ जना प्रतिनिधिले भाग लिने जनाइएको छ । अधिवेशन उद्घाटन कार्यक्रमसंगसगै चुनावी प्रक्रिया पनि अघि बढाइने व्यवस्थापन समितिले जनाएको छ । आज बिहान नौ बजेदेखि केन्द्रीय कार्यसमितिले तयार गरेको कार्यतालिका अनुसार मतदाता नामावाली प्रकाशन गरिने छ । भने भोली मनोनयनपत्र दाखिला प्रक्रिया अघि बढाइने छ । कांग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमिति पदाधिकारीसहित ५१ सदस्यीय हुने व्यवस्था गरिएको छ ।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0