कैलालीको गोदावरी ३ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालीका ५ बस्ने बर्ष ४८ को पुनाराम चौधरी बिहान परेको चट्याङका कारण मृत्यु भएको ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीले जनाएको छ।
यस्तै कञ्चनपुरको पुनर्वासमा चट्याङ लागेर थप एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान पानीसँगै परेको चट्याङ लागेर पुनर्वास नगरपालिका वडा नम्बर ८ पिकनिक स्पोट बस्ने २५ वर्षीया शारदा थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज बिहान ७:४५ बजेको समयमा दुवै जना जमिनमा रोपाई गर्न गएको बेला चट्याङ लागेर घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0