कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

कोभिडको नयाँ भेरियन्ट को लागि यस्तो छ सरकारको तयारी

विश्वभरी महामारीको रूपमा फैलिएको भाइरसको नयाँ भेरियन्ट(ओमिक्रोन) विश्वका १४ मुलुकमा फैलिएको छ। दक्षिण अफ्रिकाबाट सुरु भएको सो भाइरस छोटो समयमा १४ मुलुकमा फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

बिज्ञापन

दक्षिण अफ्रिका, बोत्स्वाना, बेलायत, नेदरल्यान्ड्स, जर्मनी, हङकङ, इटाली, बेल्जियम, इजरायल, डेनमार्क, अष्ट्रिया, चेक रिपब्लिक, अष्ट्रेलिया र क्यानडा लगायतका देशमा नयाँ भेरियन्ट देखिएको छ।

यसरी छोटो समयमा फैलिएको भाइरसबाट नेपाल उच्च जोखिममा रहेको विज्ञहरूले बताउँदै आएका छन्। नयाँ भेरियन्टको पहिलो माध्यम हवाई माध्यम भएकाले उडानलाई कडाइ गर्ने तयारी भएको गृह मन्त्रालयले जनाएको छ।

बिज्ञापन
No data was found

अफ्रिका तथा जोखिम रहेको मुलुकलाई नेपाल प्रवेशमा कडाइ गर्दै अनअराइभल भिसामा रोक लगाइएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जनकारी दिए।

बिज्ञापन
No data was found

अफ्रिकाको अनअराइभल भिसा रोक्न अध्यागमन विभागलाई निर्देशन दिइएको छ। साथै अन्य देशको हकमा क्वारेन्टाइनको व्यवस्था गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ। यता कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र सिसिएमसीले पनि कोरोनाको नयाँ भेरियन्ट देखिएको मुलुकमा हवाई उडान रोक्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0