कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

नेपालमा कोरोनाका सक्रिय सङ्क्रमित घट्दै,

नेपालमा पछिल्लो समय कोरोनाका नयाँ सङ्क्रमित थपिनेको सङ्ख्यामा कमी आएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्न थालेको छ

बिज्ञापन

एक साताअघि ३२ जिल्लामा सक्रिय सङ्क्रमित रहेकोमा हाल ३० जिल्लामा मात्रै सक्रिय सङ्क्रमित छन् । देशभरका ४७ जिल्लामा शून्य सङ्क्रमित रहेका छन् । ३० जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या २२ हजार ३ सय २३ रहेको छ ।

सङ्क्रमणदर घट्यो भनेर लापरबाहरी नगर्न सङ्क्रामक रोग विशेषज्ञ डा अनुप सुवेदीले सीआईएनमार्फत सबैलाई आग्रह गर्नुभयो ।

बिज्ञापन

गतवर्षझैँ यो वर्ष पनि भदौ अन्तिम हुँदै असोज लाग्दै गर्दा कोरोना सङ्क्रमणको दरमा कमी आएको थियो । यो वर्ष पनि उस्तै अवस्था देखिएकाले चिकित्सकहरूले सावधानी अपनाउन भनेका छन् ।

बिज्ञापन

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या साढे ७ लाख नाघेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप २ हजार ९ सय ५७ जना स्वस्थ भएका   छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ७ लाख ५२ हजार १ सय ७० पुगेको छ ।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0