कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१८ आश्विन २०८०, बिहीबार

कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

Facebook
Twitter
WhatsApp

१५ हजार ६७५  नमूना परीक्षण गराउँदा ३७ सय२९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।

बिज्ञापन

पछिल्लो २४ घन्टामा विभिन्न प्रयोगशालामा ९ हजार ४९३ नमूनाको पीसीआर र ६ हजार १८२ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराएको थियो। जसमध्ये २४ सय ३० नमूनाको पीसीआरबाट र १२सय ९९ जनामा एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घन्टामा १८ सय ८५ जना कोरोनामुक्त भएका छन्। मन्त्रालयका अनुसार शुक्रबार कोरोनाबाट थप २५ जनाको ज्यान गएको छ। यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको छ।

बिज्ञापन

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३४ हजार ९४२ जना रहेको छ।  यस्तै, ७३२ जनाको आइसीयूमा र १५८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

बिज्ञापन

होम आइसोलेसनमा ३१ हजार ४२७ जना र संस्थागत आइसोलेसनमा ३५ सय १५ जनाको उपचार भइरहेको भने ३५६ जना क्वारेन्टाइनमा छन्।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0