कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

को थिए, मृतक इन्जीनियर सुबास रेग्मी ?

सुवासराज रेग्मी अछाम, साँफेबगर-२ का थिए। उनी साँफेबगरका नामी शिक्षक मणिराजका माइला छोरा थिए। मणिराजका तीन छोरी र तीन छोरा हुन्।

बिज्ञापन

वडाध्यक्ष कालुसिंह कुँवरका अनुसार रेग्मी अविवाहित थिए। उनी त्रिपुरासुन्दरी माविमा एसएलसी पास गरेर काठमाडौं पढ्न गएका थिए। उनले पाटनको नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजीमा पढेका थिए।

मणिराज साँफेबगरकै खापरमाण्डु प्राविमा प्रधानाध्यापक थिए अहिले मणिराज लम्कीचुहा नगरपालिका ९ प्रतापपुरमा रहेको दुर्गा आधारभूत बिद्यालय मा शिक्षक छन । उनका जेठा छोरा सरकारी जागिरे हुन्। उनी कृषि कार्यालयमा काम गर्छन् ।

बिज्ञापन

केही वर्षयता उनले धनगढीमा जागिर सार्नुभएको थियो भने अहिले लम्कीचुहा नगरपालिका ९ प्रतापपुरमा जागिर संगै बसोबास गर्दै आउनुभएको छ । मणिराज गुरूका सबै सन्तान पढाइमा अब्बल छन्,’ कुँवरले भने, ‘छोरा, भतिजा-भतिजी धेरैजसो सरकारी जागिरमा छन्।’

बिज्ञापन

रेग्मी परिवार धेरैजसो धनगढी बस्छन्। साँफेबगरबाट बसाइँसराइ भने गरेका छैनन्।

‘रेग्मी गुरूले धनगढीमा जागिर सारे पनि उहाँका मावली आफन्त सबै साँफेबगरमै छन्,’ कुँवरले भने, ‘साह्रै मेहनती थिए सुवास। अढाइ वर्षदेखि काम गर्न थालेका थिए भन्ने हामीले सुनेका छौं।’

यसबीच ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनामा काम गर्दागर्दै दुई जना इञ्जिनियरको मृत्यु भएपछि प्राविधिक विद्यार्थी परिषदले छानबिन गर्न माग गरेको छ।

‘व्यावसायिक सुरक्षासम्बन्धी मापदण्डमा कडाइ गर्न नसकेको र सरकारको नीतिगत त्रुटिका कारण पटक-पटक मुलुक शोकाकुल हुनुपरेको छ,’ परिषदले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘दुवै इञ्जिनियरको मृत्युबारे सरकारले निष्पक्ष र न्यायिक अनुसन्धान गरेर दोषीमाथि उचित कारबाही अगाडि बढाओस्।’

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
3