कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१८ आश्विन २०८०, बिहीबार

क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङविरुद्ध फेरि राष्ट्र बैंक ले यस्तो भन्यो

Facebook
Twitter
WhatsApp

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी तथा नेटवर्क मार्केटिङ अन्तर्गतका कारोबारबाट राज्य तथा अर्थव्यवस्थामा चुनौती थपिएको बताएको छ ।

बिज्ञापन

नेपाल राष्ट्र बैंकले मंगलबार जनचेतनामुलक सामग्री प्रकाशित गर्दै क्रिप्टोकरेन्सीको बढ्दो प्रयोगबाट समस्त वित्तीय स्थायित्वमा नै असर गर्ने बताएको छ ।

राष्ट्र बैंकले भनेको छ, ‘आईएमएफले अक्टोबर २०२१ मा जारी गरेको ग्लोबल फाइनन्सियल स्टाबिलिटी रिपोर्टमा क्रिप्टोकरेन्सीलाई विश्वव्यापी वित्तीय स्थायित्वको तीन वटा प्रमुख चुनौतीमध्येको एक भनेर उल्लेख गरेको छ ।’

बिज्ञापन

क्रिप्टोकरेन्सीको प्रयोगबाट अवैधानिक क्रियाकलाप, विशेष गरी ठगी तथा कर छली लगायतका कार्य हुन सक्नेतर्फ राष्ट्र बैंकले सचेत गराएको छ ।

बिज्ञापन

नेटवर्क मार्केटिङको व्यवसायबाट पनि अवैधानिक आर्थिक क्रियाकलाप बढेर जाँदा सरकारी राजस्वमा नकरात्मक असर पर्ने देखिएको राष्ट्रबैंकको उक्त सूचनामा उल्लेख छ ।

राष्ट्र बैंकले क्रिप्टोकरेन्सी तथा नेटवर्क मार्केटिङ अन्तर्गतको कारोबारबाट विशेष गरी वित्तीय ग्राहक सुरक्षा र क्यापिटल मुभमेन्टको नियमनमा चुनौती, वित्तीय स्थायित्व, मौदि्रक नीति तथा विदेशी मुद्राको सञ्चितिमा नकारात्मक असर पर्ने बताएको छ ।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0