कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

गणक र सुपरिवेक्षकलाई दिएको अनुभव प्रमाणपत्रमा अंग्रेजी अक्षरनै गलत

लम्की : केन्द्रीय तथ्याङ्क विभागले गएको कात्तिक २५ गतेदेखि सुरु गरेको जनगणना सङ्कलन कार्य यहि मंसिर ९ गते सम्पन्न गरेको छ |विशेष कारणवश गणनामा सहभागी हुन छुटेको भए ११७८ नम्बरमा फोन गरेर तथ्याङ्क टिपाउन सकिने व्यवस्था पनि छ |

बिज्ञापन

जनगणनाको लागि विभागले देशभर गणक र सुपरिवेक्षक परिचालन गरी जनगणना सुरु गरेको थियो । मंसिर मसान्तसम्ममा सबै जिल्लाबाट जनगणनासहितको विवरण भरिएको प्रश्नावली केन्द्रमा ल्याइने छ ।

जनगणनामा आफ्नो -आफ्नो क्षेत्रबाट काम गरेका सबैलाई विभागले कार्यअनुभव प्रमाण -पत्र दिएको छ जसमा लेखिएका २ वटा अंग्रेजी शब्दहरुको अक्षर नै गलत भएको भन्दै सामाजिक संजालमा टिकाटिप्पणी हुदैछ |

बिज्ञापन

अंग्रेजीमा Experience लेख्नुपर्नेमा Exeprience लेखिएको र successfully लेख्नुपर्नेमा sucessfully लेखिएको भन्दै अहिले उक्तपत्रको तस्बिर सहित सामाजिक संजालमा कुराहरु चलिरहेका छन |

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
3
+1
0
+1
2
+1
0