कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

गर्मी बढेसँगै अस्पतालहरुमा बिरामीको चाप बढ्यो

लम्की : गर्मी बढेसँगै अस्पतालहरुमा बिरामीको चाप पनि बढ्न थालेको छ । टीकापुर अस्पतालका डा संवाद खरेल गर्मीका कारण धेरै समस्या देखिन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आवश्यक रहेको बताउँछन्  ।

बिज्ञापन

गर्मी बढेसँगै उनले भने गर्मी मौसममा दोब्बर बिरामीहरु अस्पतालमा भर्ना भैरहेका छन् ।गर्मी समयमा बयस्क युवाहरुमा स्वासप्रश्वास तथा ज्वरो आउने समस्या लिएर आइहेको उनले बताएका छन् । यस्तै उता सेती प्रादेशिक अस्पताल तथा कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा बिरामीको चाप बढ्न थालेको हो।

। केही दिनयता झाडापखाला र ज्वरोलगायतका बिरामीको चाप बढ्न थालेको हो । अहिले अस्पतालको ओपिडिमा दैनिक ३/४ सय र इमर्जेन्सीमा एक सयको हाराहारीमा बिरामीहरू आउने गरेका छन् । ‘गर्मी बढेपछि बिरामीको चाप पनि बढेको छ,’ ‘पखाला, ज्वरो र स्क्रबटाइफसका बिरामीहरू भर्ना हुन थालेका छन् ।

बिज्ञापन

उनका अनुसार दैनिक तीन/चार जना पखालाका बिरामी भर्ना भइरहेका छन् । इमर्जेन्सी कक्षमा पनि पखाला र ज्वरोकै बिरामी बढी। खानपिनकै कारण पखालाका बिरामीहरू बढी भर्ना भएका छन्,’ ‘गर्मीबाट पनि जोगिनुपर्छ, खानेकुरा पनि त्यस्तै खानुपर्छ ।’

बिज्ञापन

गर्मी बढ्ने सम्भावना अझै रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत महाकाली वेसीन फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिंगल चौधरी बताउँछन्।गर्मीको समयमा जाडोको तुलनामा शरीरलाई हानी पुर्‍याउने जीवाणु बढी सक्रीय हुने भएकाले विभिन्न रोगको सङ्क्रमण हुनसक्ने चिकित्सक बताउँछन्।

टीकापुर अस्पतालका डा संवाद खरेल गर्मीका कारण धेरै समस्या देखिन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आवश्यक रहेको बताउँछन्। ‘दिउँसो घाममा सकेसम्म नहिँडौँ, हिँड्नै परे पनि शरीरको सुरक्षा हुने खालका उपाय अपनाएर हिँडौँ, पानी पर्याप्त पिउने वा पानी बढी पाइने खानेकुरा बढी खानुपर्छ’। लापरवाही गरे यो समयमा विभिन्न सरुवा रोग वा अन्य दीर्घरोगको जोखिम रहने उनको भनाइ छ।

गर्मीमा वयस्क नागरिकभन्दा बालबालिका तथा ज्येष्ठ नागरिकलाई बढी स्याहार गर्नुपर्ने डा खरेल बताउँछन्। ‘यो समयमा अस्पतालमा बिरामी बढेका छन्। बिरामीमा बालबालिका र ज्येष्ठ नागरिक बढी छन्’, उनले भने।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0